श्रीलंकामा मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो, २४ जना घाइते

श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी पनि रहेका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले रामबुकाना प्रहरी चौकी घेरेर ढुंगा प्रहार […]

Continue Reading

मुस्ताङ जाने बाटो : वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने

हिमाल पारीको जिल्ला मुस्ताङ जाने एक मात्र सडक मार्ग दैनिक चार घण्टा बन्द हुने भएको छ।कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना खण्डलाई चौडा गर्ने तथा स्तरोन्नतीको काम गर्नको लागि सडक बन्द हुन लागेको हो। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार यही वैशाख सात गतेदेखि २० गतेसम्म बिहान ११ देखि दिउँसो तीन बजेसम्म सडक […]

Continue Reading

निलम्बित गभर्नरको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि बोलाएको हो । सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले यथाअवस्थामा कामकाज गर्न दिन अन्तरिम आदेशको माग गर्दै गत आइतबार सर्वोच्चमा रिट दायर गरेका […]

Continue Reading

जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने, सर्वोच्चद्वारा रिट खारेज

निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हाे । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र […]

Continue Reading

गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए । ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारणले […]

Continue Reading

रुस-युक्रेन युद्धका कारण खाद्य अभाव : खाद्यान्न उपलब्ध गराउन भारत तयार

रुस-युक्रेन युद्धका कारण खाद्य समस्या बढ्दै गएको बेला भारतले बाँकी विश्वलाई खाद्यान्न उपलब्ध गराउन तयार रहेको बताएको छ । युद्धको प्रभावले विश्वभर खाद्यान्नको मूल्य बढिरहेको छ भने कतिपय बजारमा अभाव नै सुरु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यदि विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले अनुमति दिएमा […]

Continue Reading

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डो​ले छोरीको जन्म भने भएको खुलासा गरे । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको बताएका थिए । रोनाल्डोका यस […]

Continue Reading

सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

सुनको भाउ आज घटेको छ । तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ । आज चाँदी हिजोकै भाउ तोलाको […]

Continue Reading

म्याग्दीमा सत्ता साझेदार दलबीच सहमति जुटेन, सामाजिक सञ्जालमा पोखिँदै असन्तुष्टि

म्याग्दी : स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलका नेता–कार्यकर्ता सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न थालेका छन्। सत्ता गठबन्धनमा आबद्ध मुख्य दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह भागबण्डामा कुरा नमिलेपछि नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका हुन्।  पटकपटक बैठक बसेर छलफल गर्दा पनि कुन स्थानीय तहमा कसलाई […]

Continue Reading

गठबन्धनलाई ओलीको चेतावनी : चुनाव सार्ने षड्यन्त्र भए एमालेले आँधिबेहरी ल्याउँछ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन सारे देशभर आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। सोमबार सोलुखुम्बुमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भने, ‘अहिले गठबन्धनले चुनाव सार्न खोजिरहेको छ। विप्लवको लागि चुनाव सार्ने रे ! मैले खुला राजनीतिमा ल्याएको हुँ। पार्टी दर्ता गर्ने बेलामा कता जानुभएको थियो? अहिले गठबन्धनको मतियार भएर […]

Continue Reading