समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्। लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उनले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक […]

Continue Reading

सुनको भाउ तोलामा चार सय रुपैयाँ घट्याे

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक […]

Continue Reading

कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि : एक जनाको ज्यान गयो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको ज्यान गएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । त्यहाँ अहिलेसम्म एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । ज्यान गुमाउनेमा ३१ वर्षका पुरुष रहेका सीएनएनले […]

Continue Reading

रोकिएन कालीगण्डकीको दोहन

म्याग्दी : वर्षौंदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ। नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रमहरु हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन। अवैधरुपमा नदीको दोहन हुने क्रम बढेर गएसँगै यहाँको पर्यावरण समेत विथाेलिँदै गएको छ। नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्तीहरू खतरामा परेका छन् भने विश्वको […]

Continue Reading

कुनै स्थानमा दलको झण्डा राखेको भए निकाल्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए । उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह […]

Continue Reading

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै, सीमा क्षेत्रमा ट्राफिक जाम

रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ। युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको […]

Continue Reading

स्थानीय चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ। आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ। अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउनका लागि आयोगमा निवेदन आइरहेको भन्दै मतदाता नामावली […]

Continue Reading

उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब आज (शनिबार) भिड्दै छन् । धनगढी रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । शुक्रबार […]

Continue Reading

राष्ट्र सङ्घका महासचिव गुट्रेस र रुसी राष्ट्रपति पुटिनबीच मङ्गलवार भेटवार्ता हुने

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुट्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । आउँदो मङ्गलवार हुने भेटवार्ताका लागि महासचिव गुटरेस रुसको राजधानी मस्को जाने बीबीसीले जनाएको छ । युक्रेनमा भइरहेको द्वन्द्व अन्त्य गरेर शान्ति कायम गर्ने मुख्य लक्ष्य लिएर गुट्रेस मस्को जान लाग्नुभएको खबरमा उल्लेख छ । यसैबीच, युक्रेनका उप–प्रधानमन्त्री लिर्याना भरेस्चुकले […]

Continue Reading

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ । यसै हप्ता अरु दुई वटा ठूला विस्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । गएको वर्ष तालिबानले […]

Continue Reading