गठबन्धन हितकर छैन, भुईँमा खसेको टिप्न खोज्दा पोल्टाको पोखिने डर : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन्। नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो। तर, पार्टीको निर्णय मानेको छु। मान्नुपर्छ। यो विषयमा बहस गर्नै […]

Continue Reading

आईपीएल : गुजरातसँग खेल्दै राजस्थान

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७: ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा छ । राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ […]

Continue Reading

नवनियुक्त शसस्त्र महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्नबाट प्रदान गरे। बुधबार गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे। उनले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, […]

Continue Reading

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले प्रदर्शनकारीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । श्रीलङ्कामा चुलिएको आर्थिक सङ्कट तत्काल समाधान गर्न माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको […]

Continue Reading

पोखरा विमानस्थल ५ महिनाभित्रमा सञ्चालनमा आउँछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको पाँच महिनाभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ । पोखरामा आज बुधवार फेवा महोत्सवको उद्घाटन गर्दै उहाँले विमानस्थलको ९५ प्रतिशत कम सकिएको जानकारी गराउँदै विमानस्थल सञ्चालनका लागि अवरोधका रूपमा रहेको रिट्ठेपानी डाँडा काट्ने काम फास्ट ट्र्याकमा अगाडि बढ्ने बताउनुभयो । ‘क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) सँग […]

Continue Reading

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्छ तर नेपाली सन्तुष्ट छैनन्’

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरेका छन्। नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चर्का नारा र आश्वासनले नेपाली जनमानसलाई सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन्। ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले सन्देशमा उल्लेख गरेका छन्, ‘तर […]

Continue Reading

कसैलाई अपमान नगरौं, उच्च संस्कृतिको विकास गरौं : वामदेव

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूलाई उच्च संस्कृतिको विकास गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै गौतमले कसैले कसैलाई गाली गलौज तथा अपमान हुने व्यवहार नगर्न पनि अनुरोध गरेका छन्। ‘यस नयाँ वर्षले नेपालका राजनीतिक पार्टीहरूको काँधमा आम निर्वाचनलगायत धेरै नयाँ जिम्मेवारीहरू राखिदिँदै छ। कुनै एउटा पार्टीले मात्र […]

Continue Reading

हुम्लामा विमानस्थलमै थन्कियो खाद्यान्न

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै […]

Continue Reading

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेद्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउण्डरतर्फ शिर्ष १० मा परेका छन्। आईसीसीले जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र शीर्ष १० भित्र पर्न सफल भएका हुन्। उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।यसअघि आइसिसिको अलराउण्डतर्फ पूर्वकप्तान पारस खड्का २५औं स्थान सम्म पुगेका थिए। चैत १४ देखि २१ […]

Continue Reading

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसीलाई नियुक्त गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको एकजना मन्त्रीले रातोपाटीलाई बताए । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी थिए । उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी […]

Continue Reading