गठबन्धनलाई ओलीको चेतावनी : चुनाव सार्ने षड्यन्त्र भए एमालेले आँधिबेहरी ल्याउँछ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन सारे देशभर आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। सोमबार सोलुखुम्बुमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भने, ‘अहिले गठबन्धनले चुनाव सार्न खोजिरहेको छ। विप्लवको लागि चुनाव सार्ने रे ! मैले खुला राजनीतिमा ल्याएको हुँ। पार्टी दर्ता गर्ने बेलामा कता जानुभएको थियो? अहिले गठबन्धनको मतियार भएर […]

Continue Reading

असारसम्मका लागि सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती

सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती भएको छ । अर्थ मन्त्रालयले आज साेमवार सूचना निकालेर गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार असारसम्मका लागि सरकारी सुविधाकोे इन्धनमा २० प्रतिशत कटौती गरेको जानकारी गराएको हो । पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चितिमा चाप परेकाेले आउँदो असारसम्मका लागि इन्धन सुविधा २० प्रतिशत […]

Continue Reading

सुन चाँदीको भाउ बढ्यो

सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ पाँच रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो । आज सुनकाे भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको […]

Continue Reading

आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

इन्डियन प्रिमियर लिग (आईपीएल २०२२) (टी–२०) क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । पहिलोपटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ […]

Continue Reading

श्रीलङ्कामा औषधि र उपकरणको अभावमा स्वास्थ्य क्षेत्र प्रभावित

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने बताएका छन् । दिनदिनै भएका सामग्रीहरु सकिँदै गएको तर आयात नभएकाले कसरी अगाडि बढ्ने भन्ने सङ्कटमा परेको डाक्टरले बताएका बीबीसीले जनाएको छ । अस्पतालहरुमा स्टक औषधि र मेडिकल उपकरण सकिँदै गएकाले उनीहरुले […]

Continue Reading

स्याङ्जामा जिप दुर्घटनामा मृत्यु हुनेको भयो सनाखत

स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् […]

Continue Reading

भ्रष्टाचारले मुलुक सिध्याइदिन्छ : सभामुख

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन्।  भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भीर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसविरुद्ध निशाना नसोझ्याए मुलुकलाई नै सिध्याइदिने बताएका हुन्। उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे। आइतबारबाट काठमाडौंमा शुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन […]

Continue Reading

निलम्बित गभर्नर अधिकारी रिट लिएर सर्वोच्चमा, दर्ताका लागि अध्ययन हुँदै

निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानुभएको छ । सरकारले आफूलाई गैरकानुनी ढङ्गबाट हटाएको दाबी गर्दै पुनर्बहालीको माग राखेर अधिकारीले आज आइतवार अधिवक्तामार्फत रिट दिनुभएको हो । गभर्नर अधिकारीले पेस गरेको रिट अध्ययन गरेर मात्रै दर्ता गर्ने/नगर्ने टुङ्गो लाग्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले उज्यालोलाई जानकारी दिनुभयो । ‘उहाँको रिट हाम्रोमा आएको छ, […]

Continue Reading

सशस्त्रमा एआईजी बढुवाका लागि ४ जनाको आवेदन

सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका छन् । चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरेका थिए । सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ‘योग्य छौं’ भनेर डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र […]

Continue Reading

सत्ता गठबन्धनले भागबण्डा भोलि मात्रै टुंग्याउने

पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनको लागि भागबण्डा भोलि मात्रै टुंग्याउने भएको छ। बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने निर्णय गरेको हो। बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी […]

Continue Reading