अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ । दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो । युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि […]

Continue Reading

चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो । बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रह पनि गरेको थिए । उनले भने, ‘अहिले गठबन्धन हाम्रो […]

Continue Reading

एमालेबाट पोखरा मेयरमा आकांक्षी सबैको नाम जिल्ला पठाइयो

एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ । मेयरमा १२ र उपमेयरमा नौ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यतालिका सार्वजनिक गरेर पनि चुनावी प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमालेले मतदान नगरी नाम सिफारिस गरेको हो । ‘अधिकांशको आवाज सर्वसम्मत गर्ने आयो […]

Continue Reading

परिणाम देखिनेगरी चुनावमा केन्द्रित हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेको […]

Continue Reading

यो हप्ता सुनको भाउ १७ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन एक लाख दुई हजार रुपैयाँमा पुगेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा एक लाख ३ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको अन्तिम दिन आज एक लाख […]

Continue Reading

आचारसंहिता उल्लंघन नगरेको एकीकृत समाजवादी र राप्रपाको दाबी

नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन आचारसंहिता उल्लघंन नगरेको दाबी पेश गरेका छन्। निर्वाचन आयोगले सोधेको तीनदिने स्पष्टीकरण आज (शुक्रबार) बुझाएको एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन हुने गरि सभा नगरेको दाबी पेश गरेको छ। राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपाले पनि आजै आयोगमा स्पष्टीकरण बुझाएको आयोगले जनाएको छ। दुवै दलले बुझाएको स्पष्टीकरणको अध्ययन गरेर निर्णयमा पुग्न बाँकी […]

Continue Reading

महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध लगाइएको महाभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाउन आदेश जारी गरेको छ। शुक्रबार बसेको संवैधानिक इजलासले संसद सचिवालयलगायत निकायसँग महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। ‘महाभियोगसँग सम्बन्धित कागजात संसद सचिवालयबाट झिकाउने आदेश भएको छ’, पौडेलले थाहाखबरसँग भने, ‘कागजात प्राप्त भएपछि मात्रै अर्को पेशी […]

Continue Reading

नेपालले जिम्बाब्बे ‘ए’ सँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे​ ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ । घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ । नेपालले जिम्बाबे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । […]

Continue Reading

युक्रेनसँगकाे युद्धका क्रममा क्षति पुगेको रुसी पानीजहाज समुद्रमा डुब्यो

विस्फोटका कारण क्षतिग्रस्त रुसको एउटा पानीजहाज समुद्रमा डुबेको छ । रुसी नौ सेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । ब्ल्याक सीमामा क्षतिग्रस्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । ‘मस्क्भा’ नामको लडाकु पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको दाबी छ । १२ हजार टन तौलको […]

Continue Reading

काँक्रेविहारबाट लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने काँक्रेविहार क्षेत्रबाट विभिन्न समयमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरीक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–९ को फुलबारी टोल स्थित फुटबल ग्राउण्डमा शंकास्पद रुपमा हिडिँरहेकाे अवस्थामा पक्राउ परेका छन् । बुधबार साँझ ५ः४५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–३ का २० […]

Continue Reading