पैसा बाँडेको आरोपमा मेयरकी उम्मेदवार प्रहरी नियन्त्रणमा

प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ। मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको हो। बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित […]

Continue Reading

भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने

उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्डको उस्रटर जाने भएको छ । मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा […]

Continue Reading

सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Continue Reading

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले […]

Continue Reading

निर्धक्क र भयरहित भई मतदान गरौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छन्। एक भिडियो सन्देश दिँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधिबाट शासन सञ्चालन गर्नु भएको उल्लेख गरेकी छिन्। आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउदै राष्ट्रपति भण्डारीले निर्वाचनले राज्य शक्तिको वास्तविक स्रोत […]

Continue Reading

गोरखामा सर्वदलीय बैठकबाट काँग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बोलाइएको रहेछ । बैठकमा काँग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको […]

Continue Reading

शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब रुपैयाँ, विदेशी विनिमय सञ्चिति घट्दै

चालु आर्थिक वर्षकाे नौ महिनामा चालु खाता पाँच खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको साउनदेखि चैतसम्म चालु खाता दुई खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति दुई खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ […]

Continue Reading

शिक्षण संस्था पनि दुई दिन बिदा, वर्षे र हिउँदे बिदा काटियो

शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयअनुसार कोर्स पूरा गराउन बिदा कटौती गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए। सातामा दुई दिन बिदा दिँदा समयमा कोर्स नसकिने भएपछि मन्त्रालयमा बिदाबारे छलफल चलेको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यालयमा पनि यो […]

Continue Reading

नागरिकता भए भोट हाल्न पाइन्छ : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताएका छन्। आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै […]

Continue Reading

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ […]

Continue Reading