ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन्। बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।प्रधानमन्त्रीले भने, “यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित […]

Continue Reading

कर्णालीमा माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् । बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो । हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद परियारले यसअधि मन्त्रीमा दाबी गर्दै आएका थिए । तर पार्टीले प्रमुख […]

Continue Reading

७ महिनामा व्यापार घाटा ८ खर्ब २५ अर्ब रुपैयाँ नाघ्याे

चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाकाे अवधिमा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ । भन्सार विभागले आज बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ […]

Continue Reading

माधव वा सुवासलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रचण्डसमक्ष ओलीको प्रस्ताव

राष्ट्रपतिबारे विभिन्न पात्रहरूको चर्चा भइरहेका बेला सत्तारुढ दल नेकपा एमाले केपी शर्माओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधवार २ घण्टा भन्दाबढी छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच सकभर राष्ट्रपतिको उम्मेदवार सबैले स्विकार्ने गरी छनोट गर्नुपर्नेमा दुई नेता सहमत भएको दुवै नेता निकट स्रोतहरुले दाबी गरेका छन् […]

Continue Reading

पालिका चुनावका उम्मेदवारको जरिबाना माफी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पालिकाको चुनावपछि तोकिएको मितिमा चुनाव खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिबाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओलीले आज बुधवार सर्वाेच्च अदालतमा रिट दर्ता गर्नुभएको हो । सरकारले केही दिनअघि मन्त्रिपरिषदबाट निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्णय स्वीकृतिका लागि पत्र पठाएपछि भण्डारीले जरिबाना मिनाहा गर्नुभएको थियो । प्रधानमन्त्री तथा […]

Continue Reading

रोहित र करणको साझेदारीमा नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई […]

Continue Reading

माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम […]

Continue Reading

सरकारले संसद्लाई बिजनेस दिएन, शून्य र विशेष समयमै सीमित बन्यो हिउँदे अधिवेशन

यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित हुने देखिएको छ । सरकारले संसद्लाई बिजनेस नदिँदा यस्तो अवस्था आइपरेको हो । सांसदहरुले बिजनेश नभएकै कारण राम्रोसँग काम गर्न नसकेको गुनासो गर्न थालेका छन् । वर्तमान संसद् प्राविधिक कुराहरूमा अल्झिँदा संसदीय अन्य गतिविधिहरू हुन सकेका छैनन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि […]

Continue Reading

कर्णालीका ६७ प्रतिशत जनसंख्यामा ऊर्जाको पहुँच

कर्णाली प्रदेशभरी ६७ प्रतिशत नागरिकहरु ऊर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजानिक भएको छ। भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता १८००० मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको हो। कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था ८.२५ मेगावाट मात्र रहेको छ। पञ्च वर्षीया प्रक्षेपनअनुसार ९० प्रतिशत जनसंख्यामा ऊर्जाको […]

Continue Reading

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सुशासन समितिको निर्देशन

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् । समितिको सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, ‘शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना […]

Continue Reading