कर्णालीका सात पालिकालाई प्रदेश सरकारबाट ३ करोड ४० लाख अनुदान।

सुर्खेत । कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात वटा स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको बैठकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार नवप्रवर्तन कार्यक्रममार्फत डिजिटल प्रविधि, […]

Continue Reading

नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू।यस्ता छन

(क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १. सम्वत् २०८२ फागुन २१ मा सम्पन्न आम निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन योगदान पुऱ्याउने तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार प्रकट गर्ने। २. सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक […]

Continue Reading

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या ।

दाङमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजाैरी बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० का ३४ वर्षीय गोपाल ओलीले धारिलो हतियार प्रहार गर्दा २७ बर्सिया श्रीमती कमला ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताएका छन । बिहीबार साँझ साढे ७ […]

Continue Reading

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पुर्णता पायो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पुर्णता पाएको छ। कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले बिहीवार सदस्य सचिव पदमा रविन्द्र चन्दलाई नियुक्त गरे सँगै खेलकुद परिषद्ले पुर्णता पाएको हो । प्रदेश सरकारले यसअघि, सदस्य–सचिव छनोट समितिले गत ३ माघमा अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रवीन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल […]

Continue Reading

सुर्खेत प्रशासनद्वारा इन्धन आपूर्ति सहज बनाउने निर्णय।

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले इन्धन आपूर्ति सहज बनाउने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त सरोकारवालाको बैठकले पेट्रोलियम पदार्थका बिक्रेताहरुबाट सवारीसाधनमा भर्नेबाहेक भण्डारण गर्ने प्रयोजनका लागि इन्धन उपलब्ध नगराउने, डिलर तथा बिक्रेताहरुको नियमित अनुगमन गरी मौज्दात विवरण संकलन तथा अद्यावधिक गर्ने र आपुर्ति व्यवस्थालाई थप सहज बनाउने निर्णय गरेको हो । […]

Continue Reading

सुर्खेतमा ‘हुलाक सेवाको व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न ।

वीरेन्द्रनगर , सुर्खेत – हुलाक सेवालाई समयसापेक्ष, आधुनिक र व्यावसायिक बनाउने उद्देश्यका साथ सुर्खेतको विरेन्द्रनगरमा ‘हुलाक सेवाको व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।हुलाक निर्देशनालय, सुर्खेतको आयोजना तथा हुलाक सेवा विभाग, बबरमहल, काठमाडौँको समन्वयमा आयोजित उक्त कार्यक्रम बुधवार वीरेन्द्नगरमा सञ्चालन गरिएको हो। कार्यक्रममा हुलाक सेवालाई कसरी प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। […]

Continue Reading

एमालेले टुंगो लगायो समानुपातिकतर्फको सांसद।को–को परे ? (सूचीसहित)

नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डूमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई प्राप्त समानुपातिक सांसदको सिटअनुसार नाम टुंगो लगाएको छ। बैठकले जनजातीतर्फ ४, खसआर्यतर्फ ५, मधेसीतर्फ ३, दलिततर्फ दुई, मुस्लिमतर्फ एक र थारुतर्फ जनाको नाम टुंगो लगाएको हो । यी हुन समानुपातिकमा छानिएका नाम जनजाति (४ जना) महिला […]

Continue Reading

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक।

पुर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार […]

Continue Reading

रुकुम पश्चिममा विवाहमा गएका दुई बालिकाको शव फेला, एक बेपत्ता।

रुकुम पश्चिममा विवाहमा गएका दुई बालिकाको शव फेला परेको छ । मंगलबार सानीभेरी नदीमा दुई बालिकाको शव फेला परेको हो ।उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन्। बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्लेनजिकै सानीभेरी नदी किनारामा फेला […]

Continue Reading

दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी।

दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।पोखरेलको विजयीसँग प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित संख्या तीन पुगेको छ ।  पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाएका हुन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) […]

Continue Reading