गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको […]

Continue Reading

प्रतिगुप्तचरी संयन्त्र बनाऔँ : रघुजी पन्त

नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रतिगुप्तचरी संयन्त्र बनाउनुपर्ने बताएका छन्। मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको मातहतमा प्रतिगुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताए। उनले नेपाली भूमिभित्र नेपालविरुद्ध हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताए। उनले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको […]

Continue Reading

पश्चिममा मनसुन सक्रिय भएन, अझै तिन दिन अत्यधिक गर्मी

यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन […]

Continue Reading

पार्टीमा कुनै मतभेद र अप्ठेरो छैन : माधव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्। पार्टीनिकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा […]

Continue Reading

समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित

आईसीसी टी–ट्वेन्टी विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाललाई बंगलादेशले २१ रनले पराजित गरेको हो। १०७ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो। योसँगै नेपालले विश्वकपमा खेलेका कुनै पनि खेलमा जित निकाल्न सकेन। नेपालका लागि सर्वाधिक २७ रन कुशल मल्लले बनाए। […]

Continue Reading

पश्चिम तराईमा बिहीवारसम्मै अत्यधिक गर्मी

पश्चिमका तराई क्षेत्रमा आउँदो बिहीवारसम्मै अत्यधिक गर्मी र तातो हावा चल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर पश्चिम तराईमा आउँदो बिहीवारसम्म अत्यधिक गर्मीको चेतावनी दिएको हो । लुम्बिनीको रुपन्देहीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको तराई क्षेत्रमा झन्डै तीन हप्ताादेखि तातो हावाको लहर चलिरहेको छ । पश्चिम तराईका धेरै ठाउँको तापक्रम पछिल्ला केही दिनदेखि ४० डिग्री […]

Continue Reading

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए । […]

Continue Reading

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिनुपर्छ : डा.स्वर्णिम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे। आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति […]

Continue Reading

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको हो। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। उक्त मूल्य आज राति (आइतबार बिहान १ बजे)देखि लागु हुनेछ। मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको […]

Continue Reading

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ। जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत रहेको छ। अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गरेका हुन्। […]

Continue Reading