प्रतिनिधिसभामा आज सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बिहीबार सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। बिहान ११ बजे शुरु हुने बैठकमा वर्णानुक्रमअनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ। […]

Continue Reading

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन्। उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान १० बजे काठमाडौं आइपुग्नेछन्। राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र […]

Continue Reading

कर्णाली प्रदेशमा बजेट नबढाए संसद् भवन घेर्ने कांग्रेस सांसद हृदयराम थानीकाे चेतावनी

आउँदो आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशको विकास निर्माणलाई बेवास्ता गरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारले बजेट परिमार्जन गरेर अघि नबढाएमा संसद् भवन नै घेराउ गर्ने चेतावनी दिएका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिनुभयो । सांसद थानीले […]

Continue Reading

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको […]

Continue Reading

प्रतिगुप्तचरी संयन्त्र बनाऔँ : रघुजी पन्त

नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रतिगुप्तचरी संयन्त्र बनाउनुपर्ने बताएका छन्। मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको मातहतमा प्रतिगुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताए। उनले नेपाली भूमिभित्र नेपालविरुद्ध हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताए। उनले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको […]

Continue Reading

पश्चिममा मनसुन सक्रिय भएन, अझै तिन दिन अत्यधिक गर्मी

यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन […]

Continue Reading

पार्टीमा कुनै मतभेद र अप्ठेरो छैन : माधव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्। पार्टीनिकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा […]

Continue Reading

समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित

आईसीसी टी–ट्वेन्टी विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाललाई बंगलादेशले २१ रनले पराजित गरेको हो। १०७ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो। योसँगै नेपालले विश्वकपमा खेलेका कुनै पनि खेलमा जित निकाल्न सकेन। नेपालका लागि सर्वाधिक २७ रन कुशल मल्लले बनाए। […]

Continue Reading

पश्चिम तराईमा बिहीवारसम्मै अत्यधिक गर्मी

पश्चिमका तराई क्षेत्रमा आउँदो बिहीवारसम्मै अत्यधिक गर्मी र तातो हावा चल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर पश्चिम तराईमा आउँदो बिहीवारसम्म अत्यधिक गर्मीको चेतावनी दिएको हो । लुम्बिनीको रुपन्देहीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको तराई क्षेत्रमा झन्डै तीन हप्ताादेखि तातो हावाको लहर चलिरहेको छ । पश्चिम तराईका धेरै ठाउँको तापक्रम पछिल्ला केही दिनदेखि ४० डिग्री […]

Continue Reading

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए । […]

Continue Reading