उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्न आह्वान गरेका छन्। नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए। उनले पुँजी र प्रविधिको विकास गर्ने […]

Continue Reading

सहकारी छानबिनका सबै प्रतिवेदन झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरु झिकाउने निर्णय गरेको छ। शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन संबद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो। सहकारी छानबिनका सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूका प्रतिवेदन […]

Continue Reading

वीरेन्द्रनगरमा आज देखि श्रमाधान रोजगार मेला सुरु

सुर्खेतको वीरेन्द्रनगरमा आज देखि श्रमाधान रोजगार मेला सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा उक्त मेला आज देखि वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको हो । आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई […]

Continue Reading

सकारात्मक परिवर्तनका लागि संघर्ष जारी छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न […]

Continue Reading

सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलायो

सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीवारको मन्त्रिपरिषद्‌ बैठकले भारत, अमेरिका बेलायतलगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सत्ता गठबन्धनभन्दा बाहिरका दलको कोटामा राजदूत बनेकाहरुलाई फिर्ता बोलाइएको छ। भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

Continue Reading

कर्णालीको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् । प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । यस्तै, कर्णालीको स्वास्थ्य सेवा […]

Continue Reading

गृहमन्त्री लामिछानेले दलहरूसँग मागे विपद्‍मा खटिने स्वयंसेवक

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्का समयमा स्वयंसेवकका रुपमा खटिने कार्यकर्ताको विवरण मागेका छन्। बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन्। उनले मनसुनजन्य विपद्‌मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिन सक्छन्? सोही अनुसार […]

Continue Reading

नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ । अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । नेपालले ब्याटिङकाे निम्ताे पाएकाे छ । नेपालले नेदरल्यान्ड्सबीचकाे खेल राति सवा ९ बजे शुरु हुनुपर्ने भए पनि मैदान चिसाे भएका कारण केहीबेर ढिला शुरु भएकाे हाे […]

Continue Reading

बजेटको प्रकृति उत्पादनमुखी छ, वितरणमुखी भन्न मिल्दैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको दावी गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत राजस्व र आयव्ययको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाए। बजेटले उत्पादन र रोजगारका […]

Continue Reading

गिरिबन्धु टि-स्टेटबारे बालेनलाई सोध्नुस् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन्। सोमवार संसद्‌ भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारकर्मीको गिरिबन्धु टि-स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै काठमाडौँका मेयर बालेन शाहलाई सोध्न आग्रह गरे। उक्त प्रश्नमा अध्यक्ष ओलीले संक्षिप्त जवाफ दिए, ‘बालेनलाई […]

Continue Reading