संसदमा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री एवम् नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभएको हो । उहाँले राष्ट्रलाई विभिन्न ढङ्गले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरूविरुद्ध […]

Continue Reading

सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नतिर लाग्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार शिक्षकहरूको माग सम्बोधन गर्नुको साटो अपमान गर्न लागिपरेको आरोप लगाउनुभएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप लगाउनुभएको हो । अदालतले आदेश जारी गरिसक्दा पनि सरकार समाधान खोज्नतर्फ नलागेको भन्दै अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि […]

Continue Reading

कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि

एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसङ्ख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । प्रदेशका दशवटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उक्त सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गरिएको हो । गत वर्षको वैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरुबाट विभिन्न सेवा लिएका नागरिकहरुको तथ्याङ्क प्रदेश सरकारले सार्वजनिक गरेको छ । यसलाई प्रदेश सरकारले उपलब्धि मानेको […]

Continue Reading

सत्ता गठबन्धनमा समस्या छैन : देउवा

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको कुनै सम्भावना नरहेको बताउनुभएको छ । थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा आज विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दाबी गर्नुभयो । सत्ता समीकरण फेरबदल हुन सक्ने भनेर चर्चा भइरहेका बेला उहाँले त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिनुभएको छ । प्रमुख प्रतिपक्ष […]

Continue Reading

सङ्घीय संसद्को बर्खे अधिवेशन शुरू

सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि शुरू भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको छ । उहाँले संसद्को यो अधिवेशन कानून निर्माण, सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै नागरिकका आकाङ्क्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो । आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास […]

Continue Reading

युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार

युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्नका लागि तयार भएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । यद्यपि विदेशमन्त्री लाभरोभले केही तत्त्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजसँग कुरा गर्दै […]

Continue Reading

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले पन्तलाई मन्त्री नियुक्त गर्नुभएको थियो । गएको सोमवार विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सामुदायिक विद्यालयका शिक्षकहरु तीन […]

Continue Reading

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ। नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ। तर एउटा अधिवेशनको समाप्ति र अर्काे […]

Continue Reading

काठमाण्डाै टावरकाे तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएकाे छ : मेयर शाह

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाण्डाै टावर) को तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले कसरी अनियमितता र नीतिगत भ्रष्टाचार भयो भन्ने विवरण सार्वजनिक गर्नुभएको छ । नक्शापासमा गरेको बदमासीबाट महानगरलाई एक अर्बभन्दा बढीको आर्थिक क्षति हुनसक्ने र ठेकेदारलाई […]

Continue Reading

बालबालिकालाई मुख्यमन्त्री कँडेलको सुझाव : सानै उमेरमा राजनीति नगर्नुहोला

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफुकहाँ भेट्न आएका बालबालिकाहरुलाई सानै उमेरमा राजनीति नगर्न सुझाव दिनुभएको छ । यदि गरेकै खण्डमा बुझेर मात्र गर्नुपर्ने सुझाव बालबालिकालाई दिनुभएको हो । ‘राजनीतिबारे बुझ्नु तर सानै उमेरमै राजनीति नगर्नुहोला,’ बुधबार प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरुसँग साक्षात्कार गर्दै उहाँले भन्नुभयो, ‘यो उमेरकै तपाईंहरुलाई राजनीति गर्नुस् त भन्दिन तर […]

Continue Reading