पेट्रोलमा ३ र डिजेलमा १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ‚ डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर […]

Continue Reading

वीरेन्द्रनगरका निजि विद्यालयहरु आइतबारदेखि एक हप्तासम्म बन्द हुने

सुर्खेतमा अत्याधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय […]

Continue Reading

ट्राफिक नियम मिच्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

ट्राफिक नियम मिच्ने सवारी चालकलाई स्वयंसेवक ट्राफिकका रुपमा सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। बझाङको थलरा गाउँपालिका १ सिम्तोला बस्ने २२ वर्षीय कृष्ण विकसहित ६ जनाले रिट दायर गरेका हुन्। उनीहरुले रिटमा गृह मन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन्। उनीहरूले सरकारको निर्णय प्राकृतिक न्यायको […]

Continue Reading

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्। बिहीवार काठमाडौँमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए। उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा […]

Continue Reading

सुर्खेतमा जिप दुर्घटनाः चार जनाको घटनास्थलमै मृत्यु, दुई जना घाईते

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने ४ बजे सुर्खेत दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर- १४ स्थित रातानाङ्लामा उक्त दुर्घटना भएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी जिपमा सवार ६ जनामध्ये चार […]

Continue Reading

राष्ट्रपति पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो। जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्ताराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय […]

Continue Reading

रुकुम र जाजरकोट भूकम्पबाट क्षति पुनर्निर्माणलाई २१ अर्ब ६० करोड

सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ […]

Continue Reading

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट, १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको […]

Continue Reading

सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिमा रहने ७ सांसदको टुंगो लाग्यो

सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिमा रहने ७ सांसदको टुंगो लागेको छ। समितिमा कांग्रेस, एमालेबाट २/२ जना र अन्य दलबाट १/१ जना रहनेछन्। कांग्रेस सांसद रामहरि खतिवडाले दिएको जानकारीअनुसार कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र इश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, राप्रपाबाट ध्रुवबहादुर प्रधान र रास्वपाबाट शिशिर खनाल सदस्य […]

Continue Reading

१० वर्षपछि कोलकातालाई आईपीएलको उपाधि

सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १० वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा कोलकाता ८ विकेटले विजयी भएको हो। कोलकाताको तेस्रो आईपीएल उपाधि हो। पछिल्लोपटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स पञ्जाब ११ (पञ्जाब किंग्स)लाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो। त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई […]

Continue Reading