जुम्लामा ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु, चार घाइते

जुम्लाको चन्दननाथ नगरपालिका-७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ- ९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ-९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान […]

Continue Reading

प्रदेश सभा अनिश्चित भएपछि कर्णालीमा शीर्ष नेताहरूको बैठक

कर्णाली प्रदेश सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीले बजेट प्रस्तुत प्रक्रियामा सहभागी नहुने बताएपछि अहिलेसम्म प्रदेश सभा बैठक बस्न सकेको छैन । दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरूबिच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । अहिले शीर्ष नेताहरू […]

Continue Reading

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका ​नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो । शुक्रबार नलगाड नगरपालिका-७ खगेनकोटस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको […]

Continue Reading

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । सरकारले बुधवार प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारले आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि […]

Continue Reading

योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध

कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले सोमबारको बैठक अवरुद्ध गरेको हो । माओवादी सांसद विन्दमान विष्टले योजना बैँकमा योजना इन्ट्री गर्ने विधिमाथि नै प्रश्न उठाए । चित्तबुझ्दो जवाफ सरकारले नदिएसम्म सदन चल्न नसक्ने चेतावनी […]

Continue Reading

कर्णालीमा टालटुले नीति तथा कार्यक्रम ल्याइएको प्रतिपक्षको आरोप

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (०८२/०८३) का लागि ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएको छ । आइतबार भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नीति तथा कार्यक्रमलाई सुमेरु पर्वत, चुनावी प्रतिबद्धता तथा पूर्वाग्रहीको पोकोको रूपमा अर्थ्याएको छ । विपक्षी दलका नेता राजकुमार शर्माले धेरै काटकुट गरी टालटुले नीति तथा कार्यक्रम […]

Continue Reading

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छिन्। हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन्। जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए। हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो। उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ […]

Continue Reading

कर्णालीको नीति तथा कार्यक्रम उँट बनेर आएको छ : नेता शर्मा

कर्णालीको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम उँट बनेर आएको बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।‎कर्णाली सरकारले बुधबार आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त नीति तथा कार्यक्रमको […]

Continue Reading

कर्णाली सरकारको नीति तथा कार्यक्रम !

कर्णाली सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको छ । बुधबार कर्णाली प्रदेशसमाभा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गर्न लागिएको घोषणा गरेका हुन् । संघीयतापछि प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गरिरहेको प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने वा […]

Continue Reading

हुम्ला साक्षर घोषित, अझै चौध सय निरक्षर

साक्षर घोषित भएको हुम्लाका सात वटै गाउँपालिकामा गरी एक हजार चार सय जनसङ्ख्या अझै निरक्षर रहेको पाइएको छ । राष्ट्रिय साक्षरता सम्बन्धी मापदण्ड २०७६ अनुसार ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई साक्षर घोषित गर्न सकिने भएपछि केही जनसङ्ख्या निरक्षर भए पनि घोषणा गरिएको हो । पन्ध्र वर्ष माथि र ५९ वर्ष मुनिका जिल्लावासी एक हजार […]

Continue Reading