नेपाल र स्कटल्याण्डको खेल आज, जितलाई निरन्तरता दिने लक्ष्यमा नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर कुशल भुर्तेलले […]

Continue Reading

ल्होत्से मलको लुटपाटमा चालक र सहचालक नै संलग्न, १५ जना पक्राउ

ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए । उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ […]

Continue Reading

सल्यान : विवाह गर्नुअघि वडाको सिफारिस लिनुपर्ने

सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। यो व्यवस्था […]

Continue Reading

चितवन निर्वाचन क्षेत्र–२ : चैत २० गते उम्मेदवारी दर्ता हुने

निर्वाचन आयोगले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, चैत २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन […]

Continue Reading

आन्दोलनका क्रममा पसल लुट्नेको खोजी गर्दै प्रहरी, हालसम्म ४ जना पक्राउ

सोमबार राजधानीको बालाजु क्षेत्रमा भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले घटनामा संलग्न संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्कृनिङ गर्ने काम भइरहेको बताए […]

Continue Reading

स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने

स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने भएको छ । निर्वाचन आयोगले निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतकाे संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले आयोगको गोश्वारा निर्णयमा प्रश्न उठाउँदै शाहको निवेदनमा संवैधानिक इजलासबाट अन्तरिम आदेश र कारण देखाऊ आदेश जारी भएको […]

Continue Reading

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय छ। यसको […]

Continue Reading

राष्ट्रियतालाई लत्याएर एमाले सत्ता स्वार्थमा लाग्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने बताएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले लिएको त्यो नीतिलाई अनेरास्ववियुले काँध थाप्न सक्नुपर्ने बताए । ‘हामी यो देशका सन्तति हौं, हामीले नै मातृभूमिको रक्षा गर्ने हो । मातृभूमिको स्वाधीनता बचाएर […]

Continue Reading

यातायात व्यवसायी र सरकारबीच सहमति, गाडी चल्ने

यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सहसचिव शिवप्रसाद नेपालले जानकारी दिए। नेपालका अनुसार बन्दको कार्यक्रम फिर्ता गर्ने सहमति भएको र केहीबेरमा विज्ञप्ति जारी […]

Continue Reading

नेपालले नामिबियालाई हरायाे, एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेकाे छ । नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले ७२, सन्दीप जाेराले २८, […]

Continue Reading