यातायात व्यवसायी र सरकारबीच सहमति, गाडी चल्ने


यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सहसचिव शिवप्रसाद नेपालले जानकारी दिए।

नेपालका अनुसार बन्दको कार्यक्रम फिर्ता गर्ने सहमति भएको र केहीबेरमा विज्ञप्ति जारी हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *