सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन

सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ । संवैधानिक इजलासले उक्त प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले गरेको तोक लगायतको विवरण झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले भने, ‘संवैधानिक इजलासले निलम्बित प्रधानन्यायाधीश जबराका वारेमा समितिले तयार पारेको प्रतिवेदन र त्यसमा सभामुखले […]

Continue Reading

अब जनतामा गएर वास्तविक नेतृत्व गर्छौं : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको दाबी गरेका हुन्। उनले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताए। महासचिव चन्दले नवउदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले […]

Continue Reading

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

राष्ट्रियसभा सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका […]

Continue Reading

मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ । देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए । उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले भने, ‘रविजीसँग फेरि कुरा गर्छु, गठबन्धनको एकतालाई जोगाउँछु

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रधानमन्त्री प्रचण्डले गृह छोडेर भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको आग्रहलाई रास्वपाले अस्वीकार गरेको हो। रास्वपाले […]

Continue Reading

सत्ता नपाएर कांग्रेस पानीबिनाको माछा जसरी छट्पटायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सत्ता गुमाएको कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका हुन्। ‘सदनमा कांग्रेसका व्इवहार संविधान र लोकतन्त्रका लागि बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भइरहेको छ। मन मानिरहेको […]

Continue Reading

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। खड्कालाई शुक्रबारै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

Continue Reading

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, […]

Continue Reading

निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता पठाउने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको बताए ।  उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर […]

Continue Reading