कर्णाली सरकारलाई सरोकारवालाको प्रश्न– शिक्षामा लगानी खोइ

भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै आएको कर्णाली सरकारले शिक्षा क्षेत्रमा खासै लगानी गरेको देखिँदैन । शिक्षाको प्रायः अधिकार स्थानीय तहलाई दिइएको भन्दै प्रदेश सरकारले शिक्षा क्षेत्रको रुपान्तरणमा अग्रसरता नदेखाएको शिक्षा क्षेत्रका अधिकारीहरुले बताएका छन् । बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरका आयोजित शिक्षा सम्बन्धी एक कार्यक्रममा शिक्षा क्षेत्रका अगुवाहरुले प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाए । […]

Continue Reading

टुंगियो विधेयक, बाँकी नै रह्यो नागरिकताको राजनीति

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयकप्रति प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा र विद्यार्थीहरु सडक प्रदर्शनमै उत्रिएका छन् । उनीहरुले राजधानी उपत्यकासहित देशका विभिन्न शहरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् । एमाले नेताहरुले सामाजिक सञ्जालमार्फत विधेयक प्रमाणीकरण हुनासाथ आपत्ति जनाएका थिए […]

Continue Reading

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन्। उनले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने बताएका हुन्। उनले सरकारको […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डसँग माेदीका सुरक्षा सल्लाहकार र विदेश सचिवकाे भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ । चार दिवसीय भारत भ्रमणका लागि आज बुधवार नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएकाे छ । यस्तै प्रधानमन्त्री प्रचण्डसँग त्यही हाेटलमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले पनि भेट […]

Continue Reading

बाँकेमा बसको ठक्करबाट कारमा सवार २ जनाको मृत्यु

बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो । […]

Continue Reading

कर्णालीलाई दिने अनुदानमा अर्थमन्त्री महतले चलाए कैँची

७ जेठमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंह संघीय सरकारले प्रदेशलाई दिँदै आएको अनुदान कटौती नगर्न भन्दै सिंहदरबार काठमाडौँ पुगेका थिए । सिंहदरबारमा अर्थमन्त्री प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनीहरूले भेटेरै कर्णाली केन्द्रित बजेटबारे जानकारी गराए । विशेष गरी अर्थमन्त्री महतसँग केन्द्र सरकारले कर्णाली प्रदेश सरकारलाई दिनुपर्ने प्राथमिकता, कर्णालीको राजस्व सङ्कलनको […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने भएका हुन्। प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत भारत जाने तय भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार […]

Continue Reading

कर्णाली प्रदेश प्रहरीको सचेतनामुलक तथा सरसफाई कार्यक्रम

कर्णाली प्रदेश प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरेको छ । गणत्रन्त्र दिवसको अवसरमा जेष्ठ १२,१३ र १४ गते प्रदेशका बिभिन्न जिल्लाहरुमा सचेतना र सरसफाइ कार्यक्रम गरेको हो । कार्यक्रममा जाजरकोट र जुम्ला जिल्लाका विभिन्न स्थानहरुमा लागु औषध, बाल विवाह, बहु विवाह, आत्महत्या, गलागि नियन्त्रण र सरसफाई सम्बन्धी जिल्ला प्रहरी कार्यालय जाजरकोट र जुम्लाले सचेतनामूलक […]

Continue Reading

राजश्व प्रशासनमा सुधारको प्रयास– सबै करदातालाई क्यूआर कोड, यस्ता छन् अन्य योजना

सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार गर्ने नीति लिएको छ । आगामी वर्षको बजेट घोषणमार्फत सरकारले कर प्रशासनमा स्वच्छ, पारदर्शी, प्रविधिमैत्री व्यवसायीक र करदातामैत्री बनाउने घोषणा भएको हो । यसका लागि कर प्रशासनबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा आबद्ध गर्दै लैजाने नीतिअनुरूप सबै करदातालाई क्युआर कोडसहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने […]

Continue Reading

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन्। उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २ प्रतिशत छुट्याइएको छ । पूजिँगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् […]

Continue Reading