थामेको आवाज सम्बोधन हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या ‘सगरमाथा संवाद’मार्फत सम्बोधन गरिने बताउनुभयो। थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गर्नुभयो। “सगरमाथा संवादमा थामेसहितका नेपालका हिमाली क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकतासाथ उठाउँछु”, प्रधानमन्त्री निवास बालुवाटारमा थामे […]

Continue Reading

चैत मसान्तसम्मको अन्तिम मतदाता नामावली प्रकाशित, १९ हजारभन्दा धेरै थपिए

निर्वाचन आयोगले गएको चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । यसअनुसार महिला मतदाता ८९ लाख १० हजार आठ सय ९६ र पुरुष मतदाता ९२ लाख ३७ हजार पाँच सय ७२ तथा अन्य मतदाता एक सय ८६ गरी एक करोड ८१ लाख ४८ हजार ६ […]

Continue Reading

रुकुम पश्चिमको मुसिकोटमा ६ हजार बढी बालबालिकाको मुटु जाँच

रुकुम पश्चिमको मुसिकोटमा ६ हजार बढी बालबालिकाको मुटु जाँच गरिएको छ । नेपाल हृदय रोग प्रतिष्ठान जिल्ला शाखा रुकुमको आयोजनामा भएको एक दिने शिविरमा विद्यालयस्तरका ६ हजार एक सय बालबालिकाको मुटुको निःशुल्क जाँच गरिएको हो । मुसिकोट नगरपालिकाको समन्वय र नेपाल हृदय रोग प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौको सहयोगमा मङगलबार दुई स्थानमा केन्द्र राखेर शिविर सञ्चालन […]

Continue Reading

बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, १ वर्षमा ९१ अर्ब ५९ करोडभन्दा धेरै थपियो

 सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै बेरुजु थप भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यसरी देखिएको बेरुजुमध्ये कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ५ खर्ब ५१ अर्ब १ करोड रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष […]

Continue Reading

संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य हुँदैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य नहुने बताउनुभएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन गर्दै उहाँले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने विषयमा कसैसँग […]

Continue Reading

महालेखाले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझायाे

महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन बुझाउनुभएकाे हाे । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताउनुभएकाे छ । उहाँले विगत लामो […]

Continue Reading

दैलेखमा पर्ने रामाघाट–साई खण्ड बन्द

कर्णाली राजमार्गको दैलेखमा पर्ने रामाघाट–साई खण्डमा निर्माणमा समस्या भएको भन्दै सवारी आवागमन १५ दिनका लागि बन्द गरिएको छ । निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको सिस्नेदेखि साई खण्डमा निर्माणका क्रममा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले बैकल्पिक रुट दिएर सडक बन्द गरेको हो । कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका […]

Continue Reading

गभर्नर चाँडै नियुक्त हुन्छन् : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो। गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत […]

Continue Reading

प्रतिनिधिसभामा प्रि–बजेटमाथि १८ घण्टा छलफल हुने

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि झन्डै १८ घण्टा छलफल हुने भएको छ । आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिका अनुसार आज […]

Continue Reading

हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने मन्त्री गुरुङ प्रतिबद्धता

संचार सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुलाक निर्देशनालयको भवन शिलान्यास गर्दै मन्त्री गुरुङले वर्र्षाैदेखि परिवर्तन नभएको हुलाक क्षेत्रलाई अब आधुनिकरण गरिने स्पष्ट पारे । मन्त्री गुरुङले भने, “अब म आएको छु, अब परिवर्तन हुन्छ ।” उनले हुलाक सेवा […]

Continue Reading