मदन भण्डारी राजमार्ग समयमै निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमै निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । आधा मात्रै काम भएको सडकले आमनागरिकलाई थप सास्ती दिएको हो । हालसम्म उक्त सडकखण्डको २० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १४ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडकखण्डका लागि प्रदेश सरकारले […]

Continue Reading

वर्ल्डलिङ्कको रिट खारेज‚ अर्बौं बक्यौता उठाउन सरकारलाई बाटो खुल्यो

सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेशन प्रालिले दायर गरेको आठवटै रिट निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सुवेदीको इजलासले आज वर्ल्डलिङ्कको माग दावीबमोजिम फैसला गर्न अस्वीकार गर्दै रिट निवेदन खारेज हुने ठहर गरेको हो। अदालतको उक्त फैसलासँगै सरकारलाई बुझाउनु पर्ने रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुनबमोजिम वर्ल्डलिङ्क असुल उपर गर्ने बाटो […]

Continue Reading

कांग्रेससँग सहमतिको ढोका खुलिसक्यो, भोलिसम्म निष्कर्ष निस्किन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गरेका छन्। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रश्तुत गर्ने कार्यक्रम तय गरिएको छ। तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने […]

Continue Reading

कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरेका हुन्। कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए। “समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो”, उनले भने, “एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक […]

Continue Reading

प्रधानमन्त्री बन्न नमानेपछि लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायो : ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्। पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न […]

Continue Reading

रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–१४, को २२ वर्षीय विकास खड्का र १९ वर्षीय हरि आचार्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोख्रेलले जानकारी दिए । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा केहीबेर अघि मात्रै दुर्घटनामा […]

Continue Reading

राष्ट्रियहितलाई सर्वोपरि ठानेर नीति तथा कार्यक्रम आउँछ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी .(एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्वोपरि परी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए। त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति […]

Continue Reading

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरेका छन्। बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गरेका हुन्। प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो।

Continue Reading

आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। मन्त्री शर्माले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी ४२ […]

Continue Reading

मुगुमा यार्सागुम्बा संकलनका लागि जेठ १५ देखि प्रवेश खुला

मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रहरुमा पाइने बहुमुल्य बुटी यार्सागुम्बा संकलनका लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा संकलन शुरु गर्ने निर्णय भएको छ। जिल्ला बाहिरका व्यक्तिलाई प्रतिब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रतिब्यक्ति […]

Continue Reading