ल्होत्से मलको लुटपाटमा चालक र सहचालक नै संलग्न, १५ जना पक्राउ

ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए । उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ […]

Continue Reading

चितवन निर्वाचन क्षेत्र–२ : चैत २० गते उम्मेदवारी दर्ता हुने

निर्वाचन आयोगले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, चैत २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन […]

Continue Reading

आन्दोलनका क्रममा पसल लुट्नेको खोजी गर्दै प्रहरी, हालसम्म ४ जना पक्राउ

सोमबार राजधानीको बालाजु क्षेत्रमा भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले घटनामा संलग्न संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्कृनिङ गर्ने काम भइरहेको बताए […]

Continue Reading

स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने

स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने भएको छ । निर्वाचन आयोगले निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतकाे संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले आयोगको गोश्वारा निर्णयमा प्रश्न उठाउँदै शाहको निवेदनमा संवैधानिक इजलासबाट अन्तरिम आदेश र कारण देखाऊ आदेश जारी भएको […]

Continue Reading

राष्ट्रियतालाई लत्याएर एमाले सत्ता स्वार्थमा लाग्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने बताएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले लिएको त्यो नीतिलाई अनेरास्ववियुले काँध थाप्न सक्नुपर्ने बताए । ‘हामी यो देशका सन्तति हौं, हामीले नै मातृभूमिको रक्षा गर्ने हो । मातृभूमिको स्वाधीनता बचाएर […]

Continue Reading

नेपालले नामिबियालाई हरायाे, एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेकाे छ । नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले ७२, सन्दीप जाेराले २८, […]

Continue Reading

नेपालले टर्कीमा पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो । गत फेब्रुअरी ६ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत र पुनः स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै राहत […]

Continue Reading

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा

आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो । उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला […]

Continue Reading

जनयुद्ध माओवादीको मात्रै भएन, राष्ट्रकै सम्पत्ति भयो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै उनले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको प्रष्टीकरण दिए । जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान […]

Continue Reading

बसपार्क दुर्घटना : आफन्तद्वारा टायर बालेर आन्दोलन शुरु

वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले विहानैदेखि आन्दोलन शुरु गरेका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् । उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर […]

Continue Reading