भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा


आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।

उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले सार्वजनिक यातायात बन्द आह्वान गरिएको अनलाइखबरलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *