कर्णालीमा ७ वर्षपछि बल्ल राजस्व शाखा, आम्दानीका स्रोत पहिचान गरिने

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष (०८०/०८१) मा ८३ करोड ६२ लाख १२ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर ७२ करोड ५३ लाख ७४ हजार ७४५ रुपैयाँमात्र आन्तरिक आम्दानी भयो ।प्रदेशले ७ वर्षमा गरेको आन्तरिक आम्दानी एउटा आर्थिक वर्षको बजेट बराबर पनि छैन । ७ वर्षमा कर्णाली सरकारले जम्मा २ अर्ब […]

Continue Reading

बाढीपहिरोमा परी मृत्यु हुने २४६ जना, १७६ परिवारलाई राहत बाँडियो

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन्। आजसम्म एक सय ७८ घाइते भएका छन्। १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ। सबैभन्दा ठूलो जनधनको क्षति बागमती […]

Continue Reading

यस वर्षकाे असाेज १५ देखि पुस १६ गतेसम्म ५ वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने अनुमान

यस वर्षको असोज १५ गतेदेखि पुस १६ गते अर्थात् (अक्टोबरदेखि डिसेम्बर) सम्मको तीन महिनामा पाँच वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाे छ । कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको हाे । यस्तै कर्णाली […]

Continue Reading

बाहिरिन थाल्यो मनसुन

नेपालका केही भूभागबाट यो वर्षको मनसुन बाहिरिएको छ। गत असार पहिलो साता भित्रिएको मनसुन बाहिरिन थालेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिमसहित कर्णाली प्रदेशका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन हटेको हो। मनसुनी वायु कमजोर हुँदै गएकाले केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन […]

Continue Reading

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा दियो ५० लाख

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त […]

Continue Reading

आउँदा चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन्। नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले आज आयोजना गरेको छलफलमा उनले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए। उनले अब एकल […]

Continue Reading

ओली, देउवा र दाहालले देश विगारे : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द लिङदेनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्। केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको उनको जिकिर थियो। झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरु सत्ता स्वार्थका लागि मात्रै […]

Continue Reading

क्षतिग्रस्त राजमार्ग यथाशीघ्र मर्मत गरी यातायात खुलाउन संसदीय समितिले सरकारलाई दियो निर्देशन

संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरूको यथाशिघ्र मर्मतसम्भार गरी यातायात खुलाउन सरकारलाई निर्देशन दिएको छ। शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो। त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरूमा फास्ट ट्रयाकमार्फत सडक पुनःनिर्माण, बेलिब्रिज जडानलगायतका काम गर्न सरकारलाई […]

Continue Reading

राप्रपामा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीकाका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। पार्टीको विधान बमोजिम केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर भएको श्रेष्ठले बताए। वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभाग […]

Continue Reading

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा आज नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतामा हस्ताक्षर भएको हो […]

Continue Reading