उपनिर्वाचन हुने तनहुँमा मतदाता घटे, चितवन र बारामा बढे

वैशाख १० गते हुने उपनिर्वाचन हुने ३ क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा ३ लाख ५३ हजार २४८ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । उपनिर्वाचन समेतका लागि निर्वाचन आयोगले आज बिहीबार अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ । जस अनुसार गत मंसिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता […]

Continue Reading

नेपाली सेना र अमेरिकी सेनाबीच दुई पक्षीय बैठक सम्पन्न

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिने बैठक ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ सम्पन्न भएको छ । अस्ति सोमवारदेखि आज बुधवारसम्म काठमाण्डाैमा भएको बैठकमा शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदानलगायतका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव […]

Continue Reading

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।राप्रपाले समर्थन फिर्ता लिएपछि शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट पुनः विश्वास मत लिन लागेका हुन् ।प्हिलो पटक एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी सहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए । बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को […]

Continue Reading

गठबन्धन बैठक : मन्त्रिपरिषद् विस्तार बिहीबार हुने

न्त्रिपरिषद् विस्तार भोलि (बिहीबार) हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सकिएको गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँट लगभग टुंग्याएको हो। जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा नजाने गरी सहभागी भएको हो। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा छुट्टाछुट्टै भेटेर छलफल गरेका छन्। आजको बैठकमा जसपाका वरिष्ठ नेता […]

Continue Reading

एमाले सिंह हो, गठबन्धन स्यालको बथान : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको राजनीतिक ‘सिंह’ भएको बताएका छन्। एमाले पाल्पाले मंगलबार तानसेनको दमकडामा आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० दलीय सत्तारुढ गठबन्धन स्यालको बथान भएको टिप्पणीसमेत गरे। पछिल्लो समय एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको र यस्तो अवस्थामा एमालेले एक्लै लडिरहेको उनको भनाइ थियो। ‘एक्लै लड्छ‚ सिंह एक्लै […]

Continue Reading

कर्णालीमा झण्डै ४ अर्ब बजेट रकमान्तर

कर्णाली प्रदेश सरकारले कार्यान्वयन हुन नसकेका योजनाबाट रकमान्तर गरी अन्य शीर्षकमा बजेट रकमान्तर गरेको छ । आर्थिक वर्ष २०७९/८० को अन्तिम चौमासिकमा करिब चालु आर्थिक वर्षको हालसम्म ३ अर्ब ९१ करोड ४९ लाख ९८ हजार आठ सय रुपैयाँ रकमान्तर गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यक्रमबाट पनि रकमान्तर गरिएको छ । मन्त्रालयले कार्यान्वयन […]

Continue Reading

कामु प्रधानन्यायाधीश कार्कीलाई बारको १५ दिने अल्टिमेटम

नेपाल बार एसोसिएसनले पूर्ण स्वचालित प्रणालीमार्फत पेशी व्यवस्थापन गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बारका पदाधिकारीले १५ दिनभित्र प्रक्रिया शुरु गर्न समयसीमा दिएको बारकी महासचिव अन्जिता खनालले जानकारी दिइन्। न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार एवम् बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपाय सहितको प्रतिवेदन […]

Continue Reading

एसइईका लागि २ हजार ३७ परीक्षा केन्द्र, ७८ हजार जनशक्ति खटिँदै

माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १७ गतेदेखि सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा […]

Continue Reading

प्रदेश अस्पतालमा पूर्वी एसियाकै ठुलो क्षमताको सोलार प्यानल जडान

विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पूर्वी एसियाकै ठुलो सोलार प्यानल जडान गरिएकाे छ । अस्पतालमा निर्माण गरिएकाे सोलार प्यानल अस्पताललाई एक कार्यक्रमका बीचमा हस्तान्तरण गरिएको हो । अस्पतालमा १५० किलोवाट क्षमताको सोलार प्यानल जडानले गरिएकाे छ । दक्ष जनशक्ति भएपनि पुर्वाधार भएन भने स्वास्थ्य सेवा दिन समस्या हुने गरेकाले विद्युत गएपनि २४ […]

Continue Reading

जनयुद्ध दिवसको बिदाविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। रामेछापका कल्याण बुढाथोकीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइ सोमबार लगेको रिट सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरेका हुन्। ‘राज्यको कार्यकारी निकायबाट कहिले बिदा दिने वा कहिले नदिने, कुन दिवस वा उत्सव मनाउने वा कुन नमनाउने भन्नेजस्ता सरकारको नीतिगत विषयमा निर्णय गर्न […]

Continue Reading