कर्णालीका ६७ प्रतिशत जनसंख्यामा ऊर्जाको पहुँच

कर्णाली प्रदेशभरी ६७ प्रतिशत नागरिकहरु ऊर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजानिक भएको छ। भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता १८००० मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको हो। कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था ८.२५ मेगावाट मात्र रहेको छ। पञ्च वर्षीया प्रक्षेपनअनुसार ९० प्रतिशत जनसंख्यामा ऊर्जाको […]

Continue Reading

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सुशासन समितिको निर्देशन

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् । समितिको सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, ‘शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना […]

Continue Reading

१२ बुँदेका शक्तिहरू एकैठाउँ उभिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्ति फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। आज दिउँसो कास्कीको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। प्रदेश बैठकलाई […]

Continue Reading

आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको […]

Continue Reading

आज ७३ औं प्रजातन्त्र दिवस, १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भएको दिन

१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७३ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र […]

Continue Reading

संवैधानिक परिषद्को कानुनी व्यवस्था परिमार्जन गरिँदै : बैठक बस्दा कम्तीमा ४ जना हुनैपर्ने

सरकारले संवैधानिक परिषद् सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्न लागेको छ । यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजपछि कानुनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न नसकिरहेका बेला ऐन संशोधनको गृहकार्य थालिएको हो । संविधानको व्यवस्थाअनुसार प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने संयन्त्र संवैधानिक परिषद्को कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको […]

Continue Reading

स्कटल्यान्डमाथि नेपालकाे सानदार जित, दीपेन्द्र र कुशल मल्लकाे उत्कृष्ट ब्याटिङ

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेकाे छ । स्कटल्यान्डले दिएकाे २ सय ७५ रनकाे लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरे । कुशल ६७ बलमा ८१ रन बनाएर आउट भए भने दीपेन्द्रले १ सय १६ […]

Continue Reading

गठबन्धन फुट्दैन, एक दुई दिनमा राष्ट्रपति टुंग्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ। राष्ट्रपतिको निर्jfचन नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइरहेको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा २ घन्टाभन्दा बढी वार्ता गरेका प्रचण्ड आज दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन्। बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले १/२ दिनमा राष्ट्रपतिको उम्मेदवार टुंगो […]

Continue Reading

नेपाल र स्कटल्याण्डको खेल आज, जितलाई निरन्तरता दिने लक्ष्यमा नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर कुशल भुर्तेलले […]

Continue Reading

ल्होत्से मलको लुटपाटमा चालक र सहचालक नै संलग्न, १५ जना पक्राउ

ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए । उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ […]

Continue Reading