गठबन्धन फुट्दैन, एक दुई दिनमा राष्ट्रपति टुंग्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ।

राष्ट्रपतिको निर्jfचन नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइरहेको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा २ घन्टाभन्दा बढी वार्ता गरेका प्रचण्ड आज दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले १/२ दिनमा राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने पत्रकारहरूलाई बताएका छन्। ‘गठबन्धन के हुन्छ भन्ने प्रश्नमा उनले भने‚ ‘गठबन्धन अहिले पनि कायम छ, हामी मिलेरै अघि बढ्छौं छुट्टिने कुरै छैन।’

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ। कांग्रेसले केही दिनभित्र नयाँ समीकरण बन्ने र माओवादीको समर्थनमा राष्ट्रपति आफ्नो दलबाट विजयी हुने दावी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *