भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित, चुनावका सबै तयारी सुरु भइसकेको आयोगको भनाइ

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । आयोगले आज बिहीवार पत्रकार सम्मेलन गरेर केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित […]

Continue Reading

ताइवानको सीमा क्षेत्रमा चीनको सैन्य अभ्यास सुरु

चीनले ताइवानसँगको सीमा क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ। अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवान आसपासको क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको हो। चीनले संसारको सबैभन्दा व्यस्त जलमार्गमा सैन्य अभ्यास हुने र लामो दूरीसम्म गोला–बारुद्ध प्रहार हुनेसमेत बताइसकेको छ। यो अभ्यासबाट जोगिन ताइवानले आफ्ना जहाजहरुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ। जापानले […]

Continue Reading

मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

नेपाल सरकारले अगामी २०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले रातोपाटीलाई जानकारी दिए । सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई मन्त्रिपरिषद्को बैठकमा चुनावको […]

Continue Reading

साउन १७ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

कर्णाली प्रदेशभर नाग पञ्चमीका दिन सार्वजनिक बिदा हुने भएको छ। २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। साउन १७ गते शुक्ल पञ्चमी (नाग पञ्चमी)को अवसरमा प्रदेशभर बिदा हुने भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ […]

Continue Reading

प्रधानमन्त्री देउवाको सातौँपटक मन्त्रिपरिषद् विस्तार, जनार्दन पुनः अर्थमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। सर्वोच्च अदालतको परमादेशअनुसार एक वर्षअघि असार २७ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले पछिल्लो पटक अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुनः नियुक्त गरेका हुन् । संसदीय छानबिन समितिले निर्दोष सावित गरेपछि देउवाले २५ दिनसम्म आफैँसँग राखेको अर्थमन्त्रालयको चाबी आज शर्मालाई बुझाएका छन्। अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरेको […]

Continue Reading

एसइईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ […]

Continue Reading

सीसीटीभीका ‘डाटा’ हरू सुरक्षित छैनन् भनेर अनुमान गर्न सकिँदैन : सर्वाेच्च

सर्वाेच्च अदालतले अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयको सीसीटीभी क्यामेराकाे डाटाबारे अन्तरिम आदेश जारी गरिरहन नपर्ने बताएको छ । सर्वोच्चले देशको प्रमुख प्रशासकीय परिसर सिंहदरबारभित्र अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयका सीसीटिभी क्यामेराले कैद गरेका डाटाहरू सुरक्षित छैनन् भनेर अनुमानसमेत गर्न नसकिने बताएको हो । यसबारेमा तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर सर्वोच्चको छ । अधिवक्ता बाबुराम अर्याललगायतले […]

Continue Reading

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन्। उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन्। उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए। भुसालले १४८ मत […]

Continue Reading

सुर्खेत अदालतले भन्यो : सम्बन्ध विच्छेदले बालबालिका अपराधमा फसे

जिल्ला अदालत सुर्खेतले सम्बन्ध विच्छेदका कारण बालबालिकाहरू अपराधमा फस्ने गरेको बताएको छ । अदालतले शुक्रबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै अपराधमा फस्ने बालबालिकाहरु मध्ये धेरै जसोा सम्बन्ध विच्छेदका रहेको बताएको हो । अदालतका न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यले सम्बन्ध विच्छेदका कारण आमारबुबाबाट छुट्टिने बालबालिकाहरू अपराधिक घटनामा संलगन भएको देखिएको बताए । उनले भने, ‘पछिल्लो समयमा भएका विभिन्न […]

Continue Reading

नक्कली जग्गाधनी प्रकरण : मालपोतका कर्मचारीसहित १३ जनालाई कैद र जरिवानाकाे फैसला

जग्गा धनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले कसुर ठहर गरेर कैद र जरिवानाको फैसला गरेको छ । अदालतका न्यायाधीस डा. राजेन्द्रकुमार आचार्यको एकल ईजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो । मालपोत कार्यालयका सुब्बा […]

Continue Reading