पुलमा फसेका खच्चडको उद्धार

कर्णाली नदीको झोलुङ्गे पुलमा फसेका १३ वटा खच्चडमध्ये उद्धारको क्रममा दुईवटा मरेका छन्। झोलुङ्गे पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुईवटा खच्चड मरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए। आइतबार बिहान अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा लठ्ठा चुँडिएर १३ वटा खच्चड फसेका […]

Continue Reading

लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबिच शिष्टाचार भेट

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबिच शनिबार वीरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबिच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको […]

Continue Reading

वीरेन्द्रनगरमा आज देखि श्रमाधान रोजगार मेला सुरु

सुर्खेतको वीरेन्द्रनगरमा आज देखि श्रमाधान रोजगार मेला सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा उक्त मेला आज देखि वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको हो । आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई […]

Continue Reading

कर्णालीको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् । प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । यस्तै, कर्णालीको स्वास्थ्य सेवा […]

Continue Reading

यार्सा सङ्कलनमा गएका चार जनाको लेक लागेर मृत्यु

बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन […]

Continue Reading

वीरेन्द्रनगरका निजि विद्यालयहरु आइतबारदेखि एक हप्तासम्म बन्द हुने

सुर्खेतमा अत्याधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालयहरु आइतबारदेखि बन्द हुने भएका छन् । गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय […]

Continue Reading

सुर्खेतमा जिप दुर्घटनाः चार जनाको घटनास्थलमै मृत्यु, दुई जना घाईते

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने ४ बजे सुर्खेत दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर- १४ स्थित रातानाङ्लामा उक्त दुर्घटना भएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी जिपमा सवार ६ जनामध्ये चार […]

Continue Reading

रुकुम र जाजरकोट भूकम्पबाट क्षति पुनर्निर्माणलाई २१ अर्ब ६० करोड

सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ […]

Continue Reading

सुर्खेतको भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा बिक्रीका क्रममा बदनियत पूर्ण तवरले फर्महरूसँग मिलेमतो गरेको अभियोग पत्रमा उल्लेख छ। धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल […]

Continue Reading

सुर्खेतका २३ हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आइपिभि खोप लगाइदै

सुर्खेतमा पोलियो रोग विरुद्धको आइपिभि खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ अर्थात भोलीबाट २६ गतेसम्म जिल्ला भरमा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यस सम्बन्धमा छलफलका लागि शनिबार जिल्ला खोप समन्वय समितिको बैठक बसेको थियो । उक्त बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यो खोप […]

Continue Reading