जाजरकोटमा भूकम्प अपडेट : दुई जिल्लामा गरी ११९ जनाको मृत्यु

जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११९ पुगेको छ। यो जाजरकोट र रुकुमपश्चिमको तथ्यांक हो। भूकम्पले जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ। यहाँ अहिलेसम्ममा नलगाढ नगरपालिकामा सबैभन्दा ठूलो मानवीय क्षति भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जिल्लामा ज्यान गुमाउनेमध्ये ४७ जना नलगाढको रहेको जानकारी दिए। […]

Continue Reading

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र […]

Continue Reading

कर्णालीमा कांग्रेसले ‘जागरण अभियान’ सञ्चालन गर्दै

नेपाली कांग्रेसले कर्णालीमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार सल्यानको सदरमुकाममा बसेको प्रदेश कमिटीको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रदेश कमिटी सभापति ललितजंग शाहीको सभापतित्वमा ११ औँ नियमित एवं तेस्रो घुम्ती बैठक सल्यान खलङ्गामा बसेको थियो । उक्त बैठकले कर्णालीका कांग्रेसलाई सुदृढ र बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन […]

Continue Reading

सुर्खेतबाट तिन जना फरार प्रतिवादी र दुई जना लागूऔषध सहित पक्राउ

सुर्खेत प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी र लागूऔषध कारोबार गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४३ बर्षका सन्तोष कुमार सुनार रहेका छन् । उनलाई गत बुधबार प्रहरीले पक्राउ गरेको हो । उनलाई सुर्खेत जिल्ला अदालतको लगत नम्बर ३०६२ को मिति २०७९।०२।१३ गतेको फैसलाअनुसार २ बर्ष […]

Continue Reading

८ वर्षपछि सिँजाको इलाका प्रशासनले पायो अधिकृत

इलाका प्रशासन कार्यालय नराकोट सिँजाले ८ वर्षपछि अधिकृत पाएको छ। गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाएको हो। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीलाई इलाका प्रशासन कार्यालयमा खटाइएको छ। उनले भने, ‘इलाका प्रशासन कार्यालय सिँजा नराकोट जुम्लाका लागि तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह सञ्चालन गर्न यही […]

Continue Reading

मुगु घटना: शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

मुगुमा तीन बालबालिकासहित चार जनाको शंकास्पद हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। आइतबार नियन्त्रणमा लिइएको ती व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ। अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो। अहिलेसम्म घटनाको विषयमा कुनै ’क्लू’ भने पत्ता नलागेको उनले बताए। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित […]

Continue Reading

फुकोट–कर्णाली आयोजना इआइए स्वीकृतिको ढिलाइले समस्या

कालीकोटमा निर्माण हुने फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकनमा अल्झिएको छ। विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत भएको छैन। इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन। विद्युत उत्पादन कम्पनीले इआइए प्रतिवेदन स्वीकृतिका लागि करिब […]

Continue Reading

सल्यानवासीले बेचे २४ करोडको ताजा तरकारी तथा फलफूल

सल्यानवासीले ४ महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन्। असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४०७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ। ४ महिनामा ४० लाख ६९ हजार ४४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो […]

Continue Reading

कर्णालीमा १८ सय लागुऔषध सेवनकर्ता, सचेतना अभियान सञ्चालन अनिवार्य गर्नुपर्ने

कर्णाली प्रदेशका दश जिल्लामा १८ सय ११ जना लागु औषध सेवनकर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी भिम प्रसाद ढकालले आज आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको लागु औषध विरुद्धको एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले हरेक वर्ष कर्णालीमा लागु औषध कारोवारी एवम सेवनकर्ता थपिँदै गएको बताएका हुन । ‘आर्थिक […]

Continue Reading

वीरेन्द्रनगरलाई उपमहानगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य

कर्णाली प्रदेशकै सामाजिक, आर्थिक, प्रशासनिक, शैक्षिक हबको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाको रुपमा फड्को मार्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले नगरपालिका भए पनि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने राजस्व संकलनको लक्ष्य लिइएको जनाउँदै उक्त पूरा गरेपछि उपमहानगरपालिका बनाइने उल्लेख गरिन् । राजस्वको क्षेत्रमा नगरपालिकाले आगामी […]

Continue Reading