सुर्खेतबाट तिन जना फरार प्रतिवादी र दुई जना लागूऔषध सहित पक्राउ


सुर्खेत प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी र लागूऔषध कारोबार गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४३ बर्षका सन्तोष कुमार सुनार रहेका छन् । उनलाई गत बुधबार प्रहरीले पक्राउ गरेको हो । उनलाई सुर्खेत जिल्ला अदालतको लगत नम्बर ३०६२ को मिति २०७९।०२।१३ गतेको फैसलाअनुसार २ बर्ष कैद सजाय तोकिएको थियो ।

यस्तै गत बिहिबार सुर्खेत जिल्ला अदालतको लागत नम्बर २३२७ , २० बर्ष कैद र २,००,००० (दुई लाख जरिवाना) तोकिएको मानब बेचबिखन तथा ओसार पसार मुद्दाका फरार प्रतिबादी ३० बर्षका खिम बहादुर बि.क लाई पक्राउ गरेको छ । उनलाई सुर्खेतको भेरीगंगा नगरपालिका–९ जात्री स्थित आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलिले पक्राउ गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको जनाएको छ ।

यस्तै गत बिहिबार नै सुर्खेत जिल्ला अदालतको लागत नम्बर १०१० को दुनिया वादी फौजदारी विविध मुद्दा शिर्षकको फरार प्रतिवादी जिल्ला सुर्खेत वराहताल गाउँपालिका-१ बस्ने ३७ बर्षका मनोज कुमार सलामीलाई पक्राउ गरेको छ । उनलाई घरमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरी चौकी रानिघाट सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको जनाएको छ ।

यस्तै लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ गुरुङचोक स्थित ऐ. बस्ने २० बर्षका अमर देसुवा र १८ बर्ष कानिशान भन्ने निर्भिस थापा मगर रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध व्युरोबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निशान भन्ने निर्भिस थापा मगरको साथबाट ३ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको जम्मा ५ पुडिया लागूऔषध बरामद गरी उल्लेखित दुबै जनालाई नियन्त्रणमा लिएको, जनाएको छ । उक्त लागूऔषध नापतौल गर्दा शुद्द ९८० मिलीग्राम रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *