संघीयतासँग जोडिएका कानून बनाउन सरकार चुक्यो : उपप्रधानमन्त्री खड्का


नेपाली कांग्रेसका उपसभापति एवं सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरु हिउँदे अधिवेशनबाट पारित गर्ने बताएका छन्।

बिहीवार पार्टीको मधेस प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयतासँग जोडिएका कानूनहरु बनाउन ढिलो भएको र सरकार त्यसमा चुकेको बताए।

उनले वर्तमान सरकार संघीय ऐनहरु तत्काल निर्माण गर्ने तयारीमा रहेको जानकारी गराए। उनले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, प्रहरी समायोजनको कार्यान्वयनलगायत अन्य संघीय ऐनहरु आउँदो हिउँदे अधिवेशनमै प्रस्तुत गरेर पारित गर्ने तयारी रहेको पनि बताए।

उपसभापति खड्काले कांग्रेस सरकारमा गएपछि विभिन्न संघीय ऐनहरु निर्माणमा जोड दिइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *