निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन


निर्वाचन आयोगले निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्।

संवैधानिक निकायहरूले आफ्नो कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *