नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ समीकरणमा तत्काल सहभागी नहुने बताएका छन्।
आज बनेको नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनका बारेमा ‘पर्ख र हेर’को स्थितिमा पार्टी रहेको उनले उल्लेख गरेका छन्।
सचिवालय बैठकपछि आज पत्रकारसँग कुरा गर्दै उनले नयाँ गठबन्धनको नीति, कार्यक्रम र चरित्र बुझेपछि मात्रै निर्णय लिने बताए।
यसअघिको गठबन्धन टुटेको र मन्त्रीहरु फिर्ता बोलाउने पनि उनले बताए।
