साहु समाज बाँकेको अध्यक्षमा पुनः हंसराम साहु



साहु समाज समिति बाँकेको अध्यक्षमा हंसराम साहु पुनः निर्बाचिहुनुभएको छ ।
शनिबार नेपालगन्जमा सम्पन्न समाजको १० औं साधारणसभा तथा अधिबेशनबाट हंसरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती सर्बसम्मत चयन गरिएको हो ।

समाजको उपाध्यक्षमा बिमल साहु, सचिवमा बाबुराम साहु, सहसचिवमा प्रदीप साहु र कोषाध्यक्षमा रामदिन साहु रहेका छन । त्यसैगरि सदस्यमा रामनरेश साहु, प्रहलाद साहु, ओमकार साहु, मोतीलाल साहु, सिताराम साहु र महिला सदस्यमा सम्मुखिया साहु रहेका छन । नवनिर्बाचित समितिको शनिबारै बसेको बैठकले २ जना सदस्य पनि मनोनित गरेको छ जसमा राजेन्द्र कुमार साहु र बाबुराम साहु ( पेन्टर ) रहेका छन ।

यसअघि हंशराम साहुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी माधवराम बर्मा रहनु भएको थियो भने उदघाटन सत्रको संचालन प्रदिप साहुले गर्नुभएको थियो ।
प्रमुख अतिथि बर्माले साहु समाजद्वारा निर्माण गरिएको राधा कृष्ण मन्दिर तथा उक्त मन्दिरमा स्थापना गरिएको मुर्तीहरु बहुमूल्य भएको भनाई राख्दै साहु समाजद्वारा निर्माण गर्न लागिएको धर्मशालालाई समाजका अग्रजहरुले खुलेर सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा जसपा बाँके उपाध्यक्ष राजन रानामगर नेपालगन्ज उपमहानगरपालिका ५ नं. वडाका अध्यक्ष कैफुलबरा जोलाह, कार्यपालिका सदस्य कौशल धोबी, नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ का सभापति रमेशकुमार गुप्ता, शिक्षक दिलीप शाहलगायतले धारणा राखेका थिए । कार्यक्रममा विभिन्न अतिथिहरुलाई मायाको चिनो समाजद्वारा प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *