४१ वर्षपछि जेलमुक्त भएर दीपक घर पुगे, आमासँग बोल्नै सकेनन्


भगीरथ भण्डारी
इलाम । फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक तिम्सिना घर आईपुगेका छन् । ४० वर्षदेखि भारतीय जेलमा जीवन बिताइरहेका दिपका शनिवार जेलमुक्त भएपछि आईतबार इलामको माईनगरपालिकाको घरमा आईपुगेका हुन ।

कोलकातास्थित ‘दमदम सेन्ट्रलमा रहेका दिपक ४० वर्षपछि घर आईपुगेका दिपक आमासँग केही बोल्न सकेनन् । ४१ वर्षपछि छोरो भेट्दा खुशी बनेकी धनमाया छोरो नबोलेपछि चकित बनिन् । उनले भनिन् के भएको यसलाई बोल्दैन त भन्दा दिपकका भाइ प्रकाशले गाडीमा आएकाले बिरामी भएको भनेर आमाको मन थामे । धनमायाले भनिन् मेरो छोरो यस्तो त थिएन के भएको यसलाई भन्दै चिन्ता व्यक्त गरिन् ।

दिपकले आमाको लागि ल्याएको मिठाई प्रकाशको सहयोगले आमालाई खुवाए । तर दिपकको मुख कुनै बेला पनि आमासँग बोल्न सकेनन् । ४१ वर्षपछि भेट भएको छोरो नबोलेपछि धनमायाले भनिन्, ‘बिरामी छ कि क्या हो, फोक्से मासु लागेको हो कि के भएको ।’ उनले विगत स्मरण गर्दै भनिन्, ‘कमाउन जान्छु भनेर हिँडेको मान्छे बल्ल फर्कियो, हलो जोत्दाजोत्दै हिँडेको थियो, कतितिर खोज्यौँ, भेटिएन, अहिले बल्ल आयो ।’ भजित प्रकाशचन्दतर्फ हेर्दै उनले भनिन्, ‘एक महिनाभित्र ल्याउँछौँ भनेर कतिले भने–भने, तर यसले मात्रै ल्यायो । यसले बोलेको पूरा गर्यो यसले पनि ल्याउँदैन कि भन्ने लागेको थियो, बाटो हेर्दाहेर्दा बल्ल लेर आयो ।’

इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ हाल फाकफोकथुम गाउँपालिकाका २० वर्षे दीपक २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यसयता घर नफर्केका उनी जिउँदै छन् या छैनन् भन्ने पनि परिवारलाई थाहा थिएन । उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका भनेपनि यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ । जाहेरिका अनुसार दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिएपनि दाइलाई फसाउन फर्जी जाहेरी दिएको भाइ प्रकाश बताउँछन् ।

दाजु घर आए, बहिनी पविमायालाई पत्तै छैन

४० वर्षपछि दाजु दिपक आएपछि दिपककी कान्छी बहिनी पविमायालाई भने कुनै पत्तै छैन । हराएको मान्छे भेटेर घर ल्याउँदै गर्दा घर भरी छिमेकी भएपनि पविमायालाई भने के हो भन्ने पत्तै थिएन । दाजु आउँदा घरभरी मान्छे थिए तर उनलाई केहो भन्ने केही पत्ताे थिएन । उनको मानसिक सन्तुलन अस्वस्थ बनेको कारण दिन भरी घर बस्तिनन् । घरभन्दा केही तल अम्लिसो बारीको भित्तामा चुलो बनाएर त्यहीँ खाना पकाएर खाने र त्यतै बस्ने गर्दछिन् । उनलाई भेट्न त्यहाँ पुग्दा कोहीबेला उनी भाग्छिन् त कोहीबेला सामान्य गफ गर्छिन् । तपाईको दाजु आउँदैछ नि भन्ने प्रश्नमा मलाई थाहा छैन भनिन् । दाजु छ भन्ने थाहा छ भन्दा छ अरे तर सुनेको छैन भन्छिन् । घरमा किन नबसेकाे भन्दा उनी म यहीँ बस्छु भन्छिन् । उनलाई कुनबेला हिँड्न मन लाग्छ एउटा पोको बोकेर हिड्न गर्दछिन् ।

घरमा ल्याएपछि दीपकको उपचारमा समस्या
४० वर्षपछि घर आउन पाएका दीपक तिम्सिनालाई घरमा ल्याएपछि झन् समस्या हुने देखिएको छ । दीपकको मानसिक स्वास्थ्यमा समस्या भएको कारण घरमा समस्या देखिएको हो । दीपकका कान्छो भाइका छोरा गोपाल भन्छन् यति लामो समयपछि ठूलो बुबा देख्न पाउँदा खुसी छु तर भोलिका दिनमा उपचारको अभावका कारण झन् समस्या हुने चिन्ता छ । गोपाल भन्छन् म ठूलोबुबाको लागि आफ्नो पढाई छोडेर भएपनि गर्छु तर उपचारको लागि कहीँबाट सहयोग भए हुने थियो ।’

धनमाया तिम्सिनाको कोखबाट ८ जना जन्मिए । ५ छोरा र ३ छोरी जन्माएकी धनमायाको साथमा दुई छोरी र दुई छोरा छन् । दुई छोरा र दुई छोरीमध्ये दुबै छोरा र एक छोरी मानसिक रोगी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *