नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन्।
नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधवार उनले यस्तो बताएका हुन्। उनले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए।
उनले सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकताबद्ध बनाउनुपर्ने बताए।
‘सबै मिलेर एकताबद्ध भएर अघि बढ्नुस्। अब हाम्रो देश सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिलाहरुको हो‚’ उनले भने, ‘थारु, मुस्लिम सबैको देश हो। सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो।’
उनले कांग्रेस एक भएर अघि बढ्नुपर्ने पनि बताए।
