फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण


फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ। इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) र तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन् २००९ देखि सञ्चालित प्रसव फिस्टुला उपचारले ग्रामीण भेगका फिस्टुला प्रभावित महिलाको उपचारका लागि बनाएको फिस्टुला उपचार केन्द्र हस्तान्तरण गरिएको हो।

केन्द्रको आइतवार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी समिति अध्यक्ष रामचन्द्र तिमोथीको उपस्थितिमा प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण भएको हो।

आर्थिक सहयोगमा प्रदेश सरकार तयार भए पनि जनशक्तिको अभाव हुन नदिन जनशक्ति व्यवस्थापन गरिदिन मन्त्री भण्डारीले आग्रह गरे। उनले फिस्टुला उपचार प्रभावकारी सेवा प्रदान गर्न अनुरोध गरे।

आईएनएफले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा समेत सरकार सँगको साझेदारी कायम रहने विश्वास उनले व्यक्त गरे। सन् २०३० सम्म फिस्टुला उन्मुलनका लागि प्रदेश सरकार निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *