नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँः उपप्रधानमन्त्री सिंह


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताए। उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे।

उनले भने, ‘उपस्थित सम्पूर्ण महानुभावहरुलाई आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ। न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाई, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु। सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ।’

उनले सबै मिलेर नेपाल संवत ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *