वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा


सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

त्यस्तो गर्नेहरूका लागि छुट्टै चेकिङ टिम नै बनाएर परिचालन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *