फेरि प्रहरी हिरासतमै पुगे रवि


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: प्रहरी हिरासतमै पुगेका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ।

अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा आज लामिछानेको बयान भएको थियो। तर थुनछेक बहस आज नभएपछि उनलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो। सोमबार ११ बजेबाट प्रहरीले रविलाई पुन: अदालतमा उपस्थित गराउनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ। काठमाडौं जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ। लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनः कास्कीकै जसरी बहस प्रारम्भ हुनेछ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रबार सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *