जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको छ । आउँदो फागुन १९, २० र २१ गते काठमाण्डौमा हुने बैठकका एजेण्डा तय गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
बैठकमा गएको भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुनेछ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने भएको छ ।
