सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिवार सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको छ । शुक्रवार बसेको संयन्त्रको बैठकले शनिवार ११ बजे सत्ता पक्षीय सबै दलको बैठक बस्ने निर्णय गरेको हो ।
सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।
‘हामी सबैसँग छलफल, संवाद र सहमति गर्छौ, अध्यादेशका विषयवस्तु राम्रा छन् । यसमा प्रतिपक्ष पनि सहमत हुन्छ भन्ने विश्वास छ’ गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकको भनाइ छ ।
