शीतल निवासमा राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता


राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्। भेटमा समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच छलफल भएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार शनिवार राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेट गरेका र सो क्रममा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेट साँझ ६ बजेतिर भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *