टक-पटक अवरुद्ध हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ। त्यसका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयाेजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।
यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ बजेदेखि मतदान हुने छ । यसअघि पटक पटक मुद्दा दायर हुँदा विश्वविद्यालयकाे चुनाव रोकिएको थियाे। स्ववियु चुनावलाई लिएर कर्णालीमा राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठानको विषय बनाउनेमा मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस हुन् ।
यसैबिच चैत्र ५ गतेका लागि तोकिएको सुर्खेत बहुमुखी क्याम्पसकाे चुनाव भने रोकिएको छ। नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा तोडफोड गरेका थिए। निर्वाचन समितिले असुरक्षाको विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
