आतङ्क फैलाउनु राजावादीहरूको चरित्र हाे : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिनुभएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डाैमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरूको प्रतीकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरीमाथि समेत ढुङ्गा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई जना मान्छे मारेर देशभर आतङ्क फैलाउन चाहेको आरोप लगाउनुभयो । उहाँले आतङ्क फैलाउनु राजावादीहरूको चरित्र भएको तर्क गर्नुभयो ।

प्रचण्डले भन्नुभयाे, ‘तीनकुनेकाे सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी, निरङ्कुशतावादीहरूको एउटा प्रतीकजस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् । एक/दुई जना मरून् र देशभर आतङ्क फैलियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरूको चरित्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *