गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश


गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी सरकारले गरेको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सरकारले गरेको मापदण्ड संशोधनविरुद्ध अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले आइतवार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि पदाधिकारी र सदस्य नियुक्तिमा ३० देखि ६५ वर्षको उमेर हदको व्यवस्था रहेकोमा गएको चैत १८ गते अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।

सर्वोच्चले अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न दुवै पक्षलाई आउँदो आइतवार वैशाख ७ गते बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *