बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ सेतु बिक चोकबाट मंगलबार युथ टुडे न्युजका प्रबन्धक मोहम्मद ज्याउलहक हल्वाईको मोटरसाइकल चोरी भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा ७ घर भइ सेतु बिक चोकमा रोटरी मेडिसिन डिस्ट्रिव्युटरको संचालन गर्दै आउनु भएका प्रबन्धक हल्वाइको नाममा रहेका मोटरसाइकल चोरी भएको वडा प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार हल्वाईको भे ५ प ४८९६ नम्बरको आइस्मार्ट मोटरसाइकल चोरी भएको हो ।
निकै व्यस्त मानिएको सेतु बिक चेकमा चावी लक गरि राखिएको अवस्थाका मोटरसाइकल आज दिउँसो २ देखि ३ बजे भित्रमा चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सिसिटिभी क्यामेराको फोटोको सहायतामा चोरीमा संलग्नको खोजीकार्य अघि बढाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिनुभयो ।
