विद्युत् प्राधिकर मुगुद्वारा अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु


विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेपछि सेवाग्राही लाभान्वित भएका छन् ।

ग्राहकको सुविधालाई ध्यान दिँदै वैशाख २ गते बाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुका प्रमुख साजन ऐडीले जानकारी दिनुभयो । जिल्लाको सदरमुकाम मा रहेको वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब ई–सेवा, आईएमी–पेए यसैगरी महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सक्ने उहाँले बताउनुभयो ।

वितरण केन्द्रबाट विद्युत भुक्तानी गर्दा घण्टौं लाइनमा बसेर विद्युत महशुल बुझाउन पर्ने बाध्यता हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेपछि विद्युत महसुल भुक्तानीका लागि वैशाख २ गतेबाट अनलाइन सेवा सुरु गरेको प्राधिकरणले बताएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र मुगु अन्तर्गत हजार ग्राहक छन् । यसैगरी, विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले लामो समयसम्म महशुल बक्यौता रहेका र ६० दिनभित्र विद्युत महशुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्ने अभियान सुरु गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार लामो समयसम्म विद्युत महशुल नबुझाउने एक सय ५० जना सेवाग्राहीको विद्युत लाइन कटेको छ। अनलाइन प्रविधिमार्फत जिल्लामा अहिलेसम्म दशजनाले अनलाइन सेवा लिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *