शिक्षामा रूपान्तरण आवश्यक : मन्त्री भण्डारी


कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा प्रणालीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनु भएको छ ।

बुधबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै भण्डारीले ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दा पनि सोही अनुरुप शिक्षामा बढोत्तरी परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले अब शिक्षा प्रणालीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ।

आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा नै अहिले चौतर्फी वितृष्णा जागेको उहाँको भनाइ छ । विद्यार्थी भर्ना अभियानको समयमा शिक्षक हरु आन्दोलनमा छन्, उहाँले भन्नुभयो, संघीय सरकारले जायज मागलाई सम्बोधन गरी शिक्षकलाई आन्दोलनबाट फर्काउन आग्रह गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *