कालीकोटमा ट्रयाक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु


गएराति कालीकोटमा भएको ट्रयाक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । ट्रयाक्टर चालक मुगुको खत्याड गाउँपालिका-५ कवाका अन्दाजी २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका-४ का अन्दाजी २१ वर्षीय रविन्द्र विक, सोही ठाउँका अन्दाजी ३२ कर्षीया सदु बुढा र पलाँता-५ सल्लीकोटकी अन्दाजी २६ वर्षकी अम्बा शाहीको दुर्घटनामा मृत्यु भएको हो ।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति करिब १२ बजेर १० मिनेटको समयमा पलाँता गाउँपालिका-९ थिर्पुदेखि पलाँता-४ छलतर्फ खाद्यान्न,खुद्रा सामान लैजाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर पलाँता-२ बुडाडाँडा नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्रयाक्टरको ट्रली र इन्जिनको भाग सडकभन्दा ५०० मिटर तल अप्ठेरो भिरमा अड्किएको छ । जहाँ प्रहरी समेत पुग्न सकेको छैन । मृतकहरूको शव भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *